दफा ७२
अभिलेख राख्नु पर्ने
: (१) सहकारी संस्थाले साधारण सभा, समिति तथा लेखा सुपरीवेक्षण समिति बैठकको निर्णय तथा काम कारबाहीको अद्यावधिक अभिलेख सुरक्षित साथ राख्नु पर्नेछ ।
(२) सहकारी संस्थाले आफूले गरेको सम्पूर्ण कारोबारहरूको लेखाको अभिलेख तथा अन्य आवश्यक अभिलेखहरू तोकिए बमोजिम सुरक्षित साथ राख्नु पर्नेछ ।